Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

Editorial Team by Editorial Team
May 5, 2026
in Nepal, News
0
मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।सम्बन्धित निकायले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धान टोलीले काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ।साथै अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा समेत आवश्यक कानुनी परामर्श स्रोतको भनाइ छ।मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति र बागमती प्रदेश संसदीय दलका नेता समेत हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छानबिन तथा अनुसन्धानात्मक कारबाहीप्रति आपत्ति जनाएका छन् ।
सोमबार घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि मुख्यमन्त्री बानियाँले आपत्ति जनाएका हुन् ।उनले आफू राज्यका कुनै पनि निकायले बोलाएको अवस्थामा भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्थामै रहेका बेला पनि छापा मारेर आफ्नो चरित्रमाथि आघात पुर्‍याइएको बताएका छन्।
विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- ‘राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’
यद्यपी उनले आफ्नो राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने अनुसन्धानलाई आफूले सकारात्मक रूपमा लिने बताएका छन्।
मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानुनी दायराभित्र रहेर हुने कुनै पनि अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पार्दै यस्तो प्रक्रियामा सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरेका छन्।नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध छन् ।सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंकामा अनुसन्धान अघि बढ्दै गर्दा सोमबार उनको हेटौँडास्थित निवास तथा काठमाडौंका नक्साल र सुन्धारास्थित कार्यालयमा छापा परेको थियो।

Advertisement Banner
Previous Post

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

Next Post

‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

Editorial Team

Editorial Team

Next Post
‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

Recommended

फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

4 years ago

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.