Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

Editorial Team by Editorial Team
May 14, 2026
in News, World
0
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

U.S. President Donald Trump inspects an honour guard during a welcome ceremony with Chinese President Xi Jinping at the Great Hall of the People in Beijing, China, May 14, 2026. REUTERS/Evan Vucci

0
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी रहेको छ । ट्रम्प बैठकस्थल पुगिसकेका छन् भने दुवै नेताले हात मिलाएर औपचारिक भेट गरेका छन् ।
ट्रम्पको स्वागतका लागि राष्ट्रपति सी ‘ग्रेट हल अफ द पिपुल’को सिँढीबाट तल झरेका थिए । रेड कार्पेटमा दुवै नेताबीच भेट हुँदा चिनियाँ सैन्य टोली पनि त्यहाँ तैनाथ देखिएको थियो ।
‘ग्रेट हल अफ द पिपुल’ तियानआनमेन चोकको पश्चिम भागमा रहेको सरकारी भवन हो । उक्त भवन विदेशी नेताको स्वागत तथा अन्य सरकारी कार्यक्रमका लागि प्रयोग गरिन्छ ।
ट्रम्पको बिहीबारको पहिलो औपचारिक कार्यक्रम राष्ट्रपति सीसँगको स्वागत समारोह रहेको छ । त्यसपछि दुवै नेताबीच द्विपक्षीय वार्ता हुनेछ भने साँझ राजकीय भोजको आयोजना गरिएको छ ।
ट्रम्पको प्रतिनिधिमण्डलमा विद्युतीय सवारी कम्पनी टेस्लाका प्रमुख एलन मस्क र प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेन्सन ह्वाङसहित विभिन्न प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहभागी छन् ।
राष्ट्रपति ट्रम्पको बेइजिङमा भव्य स्वागत गरिएको छ, स्वागतमा ब्रास ब्याण्डको धुन बजाइएको थियो भने झण्डा फहराउँदै सर्वसाधारणले स्वागत गरेका थिए । त्यहाँ उपस्थित मानिसहरूले ‘वेलकम, वेलकम, अ वार्म वेलकम’ भन्दै नारा लगाएका थिए ।
अमेरिका र चीनका झण्डा पनि सँगै राखिएको थियो । दुई दिने महत्वपूर्ण बैठकअघि यसलाई दुवै देशबीच एकताको संकेतका रूपमा हेरिएको छ ।
ट्रम्प र उनको प्रतिनिधिमण्डलको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो । उपराष्ट्रपति हान झेङ एयर फोर्स वन अवतरण गरेपछि रनवेमा नै ट्रम्पको स्वागत गर्न पुगेका थिए । हान झेङ चीनका शीर्ष नेतामध्ये एक मानिन्छन् । उनको उपस्थितिलाई बेइजिङले ट्रम्पलाई दिएको विशेष सम्मानका रूपमा व्याख्या गरिएको छ ।
यसअघि सन् २०१७ मा ट्रम्पको चीन भ्रमणका क्रममा तुलनात्मक रूपमा तल्लो तहका नेता तथा राज्य परिषद्का सदस्य याङ चिएछीलाई स्वागतका लागि पठाइएको थियो । हान झेङ भने गत वर्ष ट्रम्पको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।

 

Advertisement Banner
Previous Post

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

Next Post

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

Editorial Team

Editorial Team

Next Post
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

Recommended

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

6 months ago
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

NEPSE drops 10.25 points as turnover reaches Rs 11.66 billion

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.