इन्डियन प्रिमियर लिग (आईपीएल)को फाईनल खेल हेर्न बलिउडका चर्चित स्टार सारा अलि खान र विक्की कौशल नरेन्द्र मोदी स्टेडियममा उपस्थित भएका थिए ।
सारा र विक्की यी दुवै स्टार फाईनल खेल हेर्न २८ मे मा पनि स्टेडियममा उपस्थित थिए । तर खेल वर्षाले प्रभावित भएपछि उनीहरु २९ मे मा पनि फाईनल खेल हेर्न रङ्गशालामा उपस्थित भएका थिए ।
सारा र विक्की आफ्नो अपकमिङ्ग फिल्म ‘जरा हट्के, जरा बचके’ फिल्मको प्रमोशन गर्न आएका थिए । जुन फिल्म आगामी २ जुनमा रिलिज हुँदैछ ।
पछिल्लो समय सारा र शुभमन गिलको अफियरको निकै चर्चा चल्दै आएको छ । दुवैको नाम जोडेर मिडियाहरुले थुप्रै समाचारहरु प्रकाशित गर्दै आएका छन् । केहि महिना पहिले सारा र शुभमन रेष्टुरेष्टमा सँगै देखिएपछि उनीहरुबिचको सम्बन्धको चर्चा हुन थालेको थियो ।
यी दुवैको फोटो सामाजिक सञ्जालमा निकै भाइरल समेत भएको थियो । यसरी सारा शुभमन गिलको टोली फाइनलमा पुगेपछि फाइनल खेल हेर्न अहमदाबाद पुगेपछि उनीहरुको चर्चा अँझ चुलिन पुगेको छ ।
Comments are closed.