यौन उत्पीडनको विरोधमा भारतीय महिला कुस्ती खेलाडीले ओलम्पिक पदक गंगामा बगाई दिने

भारतीय कुस्ती महासंघका अध्यक्ष बृज भुषण शरण सिंहलाई यौन उत्पीडन गरेको आरोप लगाउँदै पछिल्लो लामो समयदेखि भारतीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती खेलाडीहरुले विरोध गर्दै राजधानी दिल्लीको जन्तर मन्तरमा धर्ना दिईरहेका थिए ।

तर प्रहरीले उक्त धर्ना कार्यक्रममा हस्तक्षेप गर्दै खेलाडीहरुलाई त्यहाँबाट हटाउँदै पक्राउ गरेको छ । अहिले पक्राउ परेका सम्पूर्ण खेलाडीलाई रिहा गरिए पनि खेलाडीहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् ।

प्रहरीको हिरासतबाट रिहा भएपछि कुस्ती खेलाडीहरुले प्रहरी दमनको विरोध गर्दै ठूलो कदम उठाउने निर्णय गरेका छन् । उनीहरुले ओलम्पिकदेखि अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका सम्पूर्ण मेडलहरु गंगामा बगाउने निर्णय गरेका छन् । यो कुराको जानकारी खुद ओलम्पिक पदक विजेता साक्षी मलिकले दिएकि छिन् ।

साक्षी मलिकले ट्वीटरमा एक विज्ञप्ती शेयर गर्दै प्रहरी दमनको खुलेर बिरोध गरेकि छिन् । उनले प्रहरीको व्यवहार निकै निन्दनिय भएको बताउँदै भनेकि छिन, के महिला खेलाडीले आफुसँग भएको यौन उत्पीडनको लागि न्याय माग्नु अपराध हो भनेर सोधेकि छिन् । साथै बिकृति र विसंगतिको विरोध गर्दा आफुहरुलाई अपराधि जस्तो व्यवहार गर्नु र जेलमा राख्न प्रयास गर्नुले महिला खेलाडीहरुको अपमान भएको पनि बताएकि छिन् ।

साथै साक्षीले यो घटनापश्चात आफुहरुमा निकै कुठराघात भएको भन्दै आफुहरुले जितेको ओलम्पिक र अन्तर्राष्ट्रिय पदक गंगामा बहाउने निर्णय गरेको बताएकि छिन्। साक्षीले अन्तर्राष्ट्रिय पदकहरु हरिद्वारमा गंगा प्रवाह गरेपछि इन्डिया गेटमा आएर आमरण अनसन गर्ने बताएकि छिन् ।

Comments are closed.