Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

केन्यामा १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका पाइलाका छाप फेला

Editorial Team by Editorial Team
August 3, 2026
in News, World
0
केन्यामा १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका पाइलाका छाप फेला
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : उत्तरी केन्यामा करिब १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका २१ वटा पाइलाका छाप फेला परेका छन्। वैज्ञानिकहरूका अनुसार यी छापहरू मानव विकासक्रमको महत्त्वपूर्ण प्रजाति ‘प्यारान्थ्रोपस बोइसेइ’ (Paranthropus boisei) का आठ जना वयस्क पुरुषले बनाएका हुन्।

अनुसन्धानका क्रममा ती पुरुषहरू हिलोयुक्त सतहमा समूहमा हिँडिरहेको अवस्था देखिएको छ। पाइलाको आकार र हिँडाइको शैलीका आधारमा उनीहरू सबै वयस्क पुरुष रहेको निष्कर्ष निकालिएको छ। यसले उक्त प्रजातिका भालेहरू कहिलेकाहीँ महिला र बालबालिकाबिना नै समूहमा आवतजावत गर्ने गरेको संकेत गरेको वैज्ञानिकहरूको भनाइ छ।

यो अनुसन्धान ‘प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेस’ (PNAS) मा प्रकाशित भएको हो। अध्ययनका प्रमुख लेखक तथा जीवाश्मविद् केभिन हातालाका अनुसार यी पाइलाका छापहरूले आदिम मानवको शारीरिक बनावट, हिँड्ने शैली र सामाजिक व्यवहारबारे नयाँ जानकारी दिएका छन्।

वैज्ञानिकहरूका अनुसार ‘प्यारान्थ्रोपस बोइसेइ’ बलियो खप्पर, ठूला दाँत र कडा वनस्पतिजन्य आहारका लागि परिचित थियो। पाइलाका छापका आधारमा यस प्रजातिका सदस्यहरूको उचाइ करिब ६ फिट र तौल झण्डै ७५ किलोग्रामसम्म रहेको अनुमान गरिएको छ।

अनुसन्धानकर्ताले ज्वालामुखीको खरानी र चट्टानको विश्लेषणबाट पाइलाका छापको उमेर निर्धारण गरेका हुन्। सोही स्थानमा हिप्पो, मृग, चराचुरुङ्गी तथा अन्य जनावरका पाइलाका छाप पनि भेटिएका छन्।

वैज्ञानिकहरूका अनुसार ‘प्यारान्थ्रोपस बोइसेइ’ पहिलो पटक करिब २३ लाख वर्षअघि देखा परेको थियो। यो प्रजाति आधुनिक मानवको प्रत्यक्ष पुर्खा नभए पनि मानव विकासक्रमको महत्त्वपूर्ण शाखाका रूपमा मानिन्छ। त्यही समयमा आधुनिक मानवको सम्भावित पुर्खा ‘होमो इरेक्टस’ पनि पूर्वी अफ्रिकामा अस्तित्वमा रहेको र दुवै प्रजातिबीच खाद्य स्रोतका लागि प्रतिस्पर्धा भएको हुन सक्ने अनुमान गरिएको छ।

अनुसन्धानले मानव विकास, सामाजिक संरचना र प्राचीन जीवनशैलीबारे थप तथ्य उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने वैज्ञानिकहरूको विश्वास छ।

Advertisement Banner
Previous Post

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Next Post

जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Editorial Team

Editorial Team

Next Post
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Discussion about this post

Recommended

पुस्तक समीक्षा:  “हरिचरण सिटौलाको सुकिर्ती र यस भित्र बल्झिएका ईतिहास अनि वर्तमानका अनेकौं सवालहरू–

पुस्तक समीक्षा: “हरिचरण सिटौलाको सुकिर्ती र यस भित्र बल्झिएका ईतिहास अनि वर्तमानका अनेकौं सवालहरू–

4 years ago
ट्रम्पको धम्की: ग्रिनल्याण्ड विलयको विरोध गर्ने देशमा नयाँ कर लगाउने

ट्रम्पको धम्की: ग्रिनल्याण्ड विलयको विरोध गर्ने देशमा नयाँ कर लगाउने

6 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.