Trending Now

कवि रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’कवितासंग्रह माथि विमर्श सम्पन्न

रमेश क्षितिजका नयाँ कविताहरूको सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटे बिचमा शनिबार सम्पन्न भएको सो विमर्शमा चार दर्जनभन्दा बढी कवि तथा लेखकहरूले क्षितिजका कविता र कविता(यात्रामाथि टिप्पणी गर्नु भएको थियो ।
रमेश क्षितिजका कवितालाई लेखक कुमार नगरकोटीले बोल्नुभएको थियो । उहाँले भन्नुभयो, ‘कुनै समय कवि श्रवण मुकारुङमार्फत मैले क्षितिजका कविता अंग्रेजी भाषामा अनुवाद गरेको थिएँ । मुकारुङले कविता थमाउँदा क्षितिजका कवितालाई खासै वास्ता गरेको थिइनँ तर जब भट्टीमा पसेर पढ्न थालेँ, मदिराले भन्दा बढी मात क्षितिजका कविताले लगाए ।’
पत्रकार बसन्त बस्नेतले क्षितिजको कविता लेखनको विशेषता र समकालीन नेपाली कविताको बुनोट र बान्कीबारे कविसंग प्रश्नोत्तर गर्नु बहेको थियो ।
समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभयो, ‘अहिलेका नेपाली कवितामा ‘अ(कविता’ हावी भैरहेका बेला क्षितिजका कविताले नेपाली कविताको क्षेत्रमा युगीन अर्थ राख्छ । कवितामा खास कविता तत्त्व हराउँदै जाँदा नारालाई कविता मानेर पढिरहेका पाठकलाई यी कविता भिर माहुरीले बनाएको महजस्तै स्वास्थ्यबर्धक लाग्नेछन् ।’
लेखक बुद्धिसागरले कुनै समय उपन्यास लेख्न कथाको खाका बनाएका क्षितिज नेपाली कविताका अनन्त सर्जक रहेको उल्लेख गर्नुभयो ।


कवि ज्योति जङ्गल, हेम प्रभास, मणि लोहनी, बुद्धिसागर, यज्ञश, पवन आचार्य, रूपेश श्रेष्ठ, कुमार नगरकोटी लगायतले क्षितिजका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कवि क्षितिजले आफूले गरिरहेको हृदय(यात्राको अर्को रूप कविता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सङ्गीतकार एवम् गायक सन्तोष श्रेष्ठले क्षितिजका दुई गीत प्रस्तुत गर्नुभएको थियो ।
अर्को साँझ पर्खेर साँझमा, घर फर्किरहेको मानिस, आफैँ आफ्नो साथी भएँ ९गीत सङ्ग्रह० पछि क्षितिजको यो कविता सङ्ग्रह प्रकाशन भएको हो । बुकहिलले प्रकाशन गरेको ५२ वटा कविताहरूको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ राखिएको छ ।

 

Comments are closed.