Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

Editorial Team by Editorial Team
August 3, 2026
in News, Sports, World
0
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जुरिच- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को फिफा विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।

फिफाले प्रस्तावित विस्तारले प्रतियोगिताको स्वरूप, प्रतिस्पर्धात्मक सन्तुलन, खेल तालिका, खेलाडीको हित तथा आर्थिक पक्षमा पार्ने प्रभावको मूल्यांकन गर्न स्वतन्त्र निकाय नियुक्त गर्ने तयारी गरेको जनाएको छ। छनोट हुने निकायले प्रतियोगिताको गुणस्तर, सञ्चालनको जटिलता, छनोट प्रक्रिया, टिकट बिक्री, प्रायोजन तथा मिडिया अधिकारबाट प्राप्त हुने सम्भावित आम्दानीबारे समेत अध्ययन गर्नेछ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले गत वर्ष नै विश्वकपको शताब्दी संस्करणका अवसरमा थप राष्ट्रलाई सहभागी गराउने उद्देश्यले ६४ टोलीको प्रतियोगिता आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो। तर, युरोपेली फुटबल महासंघ (युइएफए) का अध्यक्ष अलेक्जेन्डर सेफेरिन र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले भने यस योजनाप्रति असहमति जनाउँदै प्रतियोगिताको अत्यधिक विस्तारप्रति चिन्ता व्यक्त गरेका छन्।

अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्। यसअघि सन् १९९८ देखि विश्वकप ३२ टोलीको ढाँचामा सञ्चालन हुँदै आएको थियो।

फिफाले अध्ययनका लागि एजेन्सी छनोटको निर्णय अगस्ट १४ मा गर्ने र छनोट भएको निकायलाई सेप्टेम्बर ११ सम्म प्रतिवेदन बुझाउन चार साताको समय दिने जनाएको छ।

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताको शताब्दी संस्करणको अवसरमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि एक–एक खेल आयोजना गरिने तय भएको छ।

Advertisement Banner
Previous Post

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

Next Post

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

Discussion about this post

Recommended

रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

7 months ago
Urvashi Rautela Steals the Spotlight in a ₹5.1 Million Power Outfit

Urvashi Rautela Steals the Spotlight in a ₹5.1 Million Power Outfit

6 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.