Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

Editorial Team by Editorial Team
August 10, 2026
in Nepal, News
0
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-प्रधानमन्त्री बालेन शाहले सोमबार भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। छिमेकी मुलुकसँगको सम्बन्ध, आर्थिक कूटनीति र द्विपक्षीय सहकार्यलाई केन्द्रमा राखेर प्रधानमन्त्री शाहले दुवै राजदूतसँग छलफल गर्ने तयारी गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्।

भारतीय राजदूतसँगको भेटवार्तालगत्तै प्रधानमन्त्री शाहले चिनियाँ राजदूतसँग पनि भेट गर्ने कार्यक्रम छ। चिनियाँ राजदूतसँगको भेटमा शिष्टाचारका साथै नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने बताइएको छ।

दुवै भेटवार्तामा नेपालका छिमेकी मुलुकसँगको बहुआयामिक सम्बन्ध, विकास साझेदारी, सीमा व्यवस्थापन, व्यापार तथा आर्थिक सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले आफ्नो १०० बुँदे सुधार योजनासँगै छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै आएका छन्। भारत र चीन दुवै देशका राजदूतसँग एकै दिन हुन लागेको भेटलाई प्रधानमन्त्रीको छिमेक नीति र आर्थिक कूटनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले नेपालका विकास आवश्यकता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी मुलुकसँग सहकार्य विस्तार गर्ने नीति अघि सारेका छन्। सोमबारका भेटवार्तालाई सोही नीतिको निरन्तरताका रूपमा समेत हेरिएको छ।

Advertisement Banner
Previous Post

Russia Proposes Rail Route to India to reduce dependence on strategically important maritime routes

Next Post

अफगानिस्तानमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही, दुईको इजाजतपत्र स्थायी खारेज

Editorial Team

Editorial Team

Next Post
अफगानिस्तानमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही, दुईको इजाजतपत्र स्थायी खारेज

अफगानिस्तानमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही, दुईको इजाजतपत्र स्थायी खारेज

Discussion about this post

Recommended

Naveen Srivastava appointed as the next Ambassador of India to Nepal

Indian Ambassador To Nepal Airlifted And Hospitalised After Collapsing On Kathmandu Trek

8 months ago
सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न होइन, सीमामा खटाउनुपर्छ : हर्क साम्पाङ

सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न होइन, सीमामा खटाउनुपर्छ : हर्क साम्पाङ

3 months ago

Don't Miss

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

August 10, 2026
आज विश्व सिंह दिवस, २५ हजारभन्दा कम जंगली सिंह संरक्षणको चुनौतीमा

आज विश्व सिंह दिवस, २५ हजारभन्दा कम जंगली सिंह संरक्षणको चुनौतीमा

August 10, 2026
वेस्टइन्डिजको विश्वकप यात्रा फेरि संकटमा, सिधा छनोटको सम्भावना लगभग समाप्त

वेस्टइन्डिजको विश्वकप यात्रा फेरि संकटमा, सिधा छनोटको सम्भावना लगभग समाप्त

August 10, 2026
मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.