Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

बालेनले डीडीसीको चिज प्रवर्द्धन गरेपछि बिक्री बढ्यो, किसानको ७२ करोड बक्यौता घटेर ३५ करोडमा

Editorial Team by Editorial Team
August 11, 2026
in Business, Nepal, News
0
बालेनले डीडीसीको चिज प्रवर्द्धन गरेपछि बिक्री बढ्यो, किसानको ७२ करोड बक्यौता घटेर ३५ करोडमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवर्द्धन गरेपछि संस्थानको बिक्रीमा सुधार आएको छ। बिक्री बढेसँगै डीडीसीको वित्तीय अवस्थामा समेत सुधार देखिएको संस्थानले जनाएको छ।

डीडीसीका अनुसार पछिल्लो तीन महिनामा कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटेर करिब ३५ करोड रुपैयाँमा झरेको छ।

लामो समयदेखि नगद अभाव, ठूलो मौज्दात र कृषक भुक्तानीमा ढिलाइको समस्या झेल्दै आएको डीडीसीले आन्तरिक सुधार, खर्च नियन्त्रण र बजारीकरणलाई तीव्र बनाएपछि वित्तीय अवस्थामा सुधार आउन थालेको जनाएको छ।

बालेनले चिजको प्रचार गरेपछि बढ्यो बिक्री

प्रधानमन्त्री शाहले गत जेठ २ गते सामाजिक सञ्जाल फेसबुकमार्फत डीडीसीको चिज प्रवर्द्धन गर्दै स्वदेशी उत्पादन प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका थिए।

त्यसपछि डीडीसीका उत्पादनप्रति उपभोक्ताको चासो बढेको र बिक्रीमा उल्लेख्य सुधार आएको संस्थानका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्रीको अभियानलाई कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले समेत साथ दिएकी थिइन्।

६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखन बजारमा

डीडीसीका अनुसार लामो समयदेखि मौज्दातमा रहेको करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखन क्रमशः बजारमा पठाउन सफल भएको छ।

मौज्दात घटेसँगै संस्थानको नगद प्रवाहमा सुधार आएको र त्यसको प्रत्यक्ष प्रभाव कृषकलाई भुक्तानीमा परेको डीडीसीले जनाएको छ।

केही महिनाअघि दैनिक करिब ६० लाख रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर ९० लाख रुपैयाँको हाराहारीमा पुगेको छ। बिक्रीबाट आएको अतिरिक्त आम्दानी कृषकलाई भुक्तानी गर्न केन्द्रित गरिएको संस्थानको भनाइ छ।

सात महिनाको भुक्तानी प्रतीक्षा घटेर २–३ महिनामा

डीडीसीका अनुसार विगतमा कृषकले भुक्तानी पाउन सात महिनासम्म कुर्नुपर्ने अवस्था थियो। अहिले त्यो अवधि घटेर दुईदेखि तीन महिनामा सीमित भएको छ।

संस्थानले अब कृषकको भुक्तानी अवधि एक महिनाभित्र झार्ने लक्ष्य राखेको जनाएको छ।

कृषक भुक्तानीलाई प्राथमिकतामा राख्दै अनिवार्यबाहेकका खर्च कटौती गरिएको छ भने लामो समयदेखि उठ्न बाँकी रकम असुलीलाई समेत तीव्रता दिइएको डीडीसीले जनाएको छ।

उपत्यकामा आठ डेडिकेटेड सेल्स काउन्टर

बजार विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं उपत्यकामा आठ वटा डेडिकेटेड सेल्स काउन्टर सञ्चालनमा ल्याइएको छ।

यी बिक्री केन्द्रमार्फत डीडीसीका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन र बिक्री बढाउन सहयोग पुगेको संस्थानको दाबी छ।

डीडीसीले हाल देखिएको सुधारलाई दिगो बनाउँदै बजार विस्तार, मौज्दात व्यवस्थापन र कृषकलाई समयमै भुक्तानी सुनिश्चित गर्ने योजनामा काम गरिरहेको जनाएको छ।

संस्थानका अनुसार बिक्री बढ्दै गएमा नगद प्रवाहमा थप सुधार आउने र कृषकलाई नियमित रूपमा भुक्तानी गर्ने अवस्था निर्माण हुँदै जाने अपेक्षा गरिएको छ।

Advertisement Banner
Previous Post

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो : ५५ ब्रान्ड, ४४ नयाँ मोडल सार्वजनिक हुँदै

Next Post

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजनाले पायो उत्पादन अनुमतिपत्र, निर्माण प्रक्रिया अघि बढ्ने

Editorial Team

Editorial Team

Next Post
८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजनाले पायो उत्पादन अनुमतिपत्र, निर्माण प्रक्रिया अघि बढ्ने

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजनाले पायो उत्पादन अनुमतिपत्र, निर्माण प्रक्रिया अघि बढ्ने

Discussion about this post

Recommended

Millennium Challenge Account Nepal spend reaches USD 107 million

Millennium Challenge Account Nepal spend reaches USD 107 million

6 months ago
कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold price hits record high, silver slips

8 months ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.