Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

क्यानभासले बोलिरहेका महिलाका व्यथा

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Education, Entertainment, Literary Festival & Event, Nepal
0
क्यानभासले बोलिरहेका महिलाका व्यथा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ—सुदूरपश्चिममा अझै पनि महिनावारीको बेला महिलालाई छाउगोठमा राख्ने छाउपडी प्रथा यथावत् छ । शिक्षित र सहरिया घराना भनिएकाहरू कहाँसमेत आफ्नै प्रकारका छाउ घर छन् ।

भूगोल र संस्कार फरक होला तर रजस्वलालाई प्राकृतिक रूपमा स्विकार नगर्ने जमात अझै पनि कायम नै रहेको चित्रकार रुकुमनी श्रेष्ठको ठम्याइ छ । ललितपुर, लुभुको सहरी माहोलमा जन्मे हुर्किएकी उनी आफ्नो रजस्वला पीडा पनि सुदूर पश्चिमका महिलाको व्यथाभन्दा भिन्न नभएको जिकिर गर्छिन् । रजस्वलाको समयमा हुने शारीरिक पीडा त्यसमाथि धर्मका नाममा हुने सामाजिक विभेदलाई भोगेकी श्रेष्ठले यी सम्पूर्ण पीडालाई चित्रमा पोखेकी छन् ।

रजस्वलालाई मुख्य विषय बनाएर महिलाका पीडाहरू चित्रण भएका उनका प्रिन्ट इचिङ माध्यमका कलाकृति अहिले पाटनढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । चित्रकार श्रेष्ठले पनि सुदूरका महिलाले जस्तै छाउ बारिन् । रजस्वलाको समयमा घरदेखि बाह्य परिवेशमा अलग्गै बस्नुपरेको तीतो अनुभव उनीसँग थुप्रै रहेछन् । सुदूरको छाउ र त्यहाँका महिलाको भोगाइलाई भने उनले पछि मात्र थाहा पाइन् ।

‘सुदूर पश्चिमतिरको छाउबारे हजुरआमा, आमाबाट थाहा पाउँदा सुरुमा म निकै स्तब्ध र निःशब्द भएँ,’ उनले भनिन्, ‘यहाँ हामीलाई सबै कुरा व्यवस्था भएको ठाउँमा महिनावारी हुँदा अलग्गै बस्दा गाह्रो महसुस हुन्छ भने उहाँहरूलाई एक्लै गोठमा बस्दा कस्तो भयो होला भन्ने कुराले असाध्यै दुःख लाग्यो ।’ यस्तो अमानवीय परम्परालाई समाजबाट हटाउनुपर्छ भन्ने विचार मनमा उब्जिएपछि उनले कलाको साहरा लिइन् । झन्डै आधा दशकदेखि उनले महिनावारी र महिलासँग जोडिएका अन्धविश्वासलाई कलाकै माध्यममा उठान गरिरहेकी छन् । समय, अवस्था र व्यवस्थाले परिवर्तनको छनक दिए पनि महिलासँग जोडिएका हरेक सवालहरू अझै यथास्थितिमै रहेको उनको भनाइ छ । भन्छिन्, ‘हामीले आफूलाई जति नै विकसित र शिक्षित वर्गमा राखे पनि महिनावारी भएको समयमा चार दिन भान्साभन्दा अलग्गिएर ढोकाबाहिरै बसेर खाने अवस्था अझै फेरिएको छैन । यो हाम्रो विडम्बना हो ।’ मानवअधिकारबाट वञ्चित गर्दै धर्मका नाममा महिलामाथि गरिने विभेदलाई उनी अमानवीय परम्पराको संज्ञा दिन्छिन् । श्रेष्ठले आफ्नो प्रदर्शनीलाई नै ‘विडम्बना’ शीर्षक दिएकी छन् ।

सामान्यतः हिन्दु महिलाहरू महिनावारीको समयमा पवित्र स्थानबाट टाढा रहन्छन् । ‘हाम्रो जीवनको सुरु नै यहीबाट हुन्छ । सृष्टिको सुरुवाती बिन्दुलाई नै कसरी हामी अपवित्र मान्न सक्छौं ?’ सिंगो समाजलाई उनी प्रश्न राख्छिन् । आज समग्र महिला केवल रजस्वलाका नाममा गरिने विभेद मात्र होइन समाजको गिद्धे दृष्टिबाट उत्तिकै प्रताडित बन्नुपरेको वास्तविकतालाई उनले चित्रमा उतारेकी छन् । सुन्दर फूलको रंगमा फूलेकी महिलाका प्रतिविम्बका साथ पृष्ठमूभिमा रहेका अनगिन्ती आँखाहरू, मखुन्डोधारी मानवजगत्लाई दर्साउने उनका सिर्जनाहरूले समाजमा महिलाको यथार्थ चित्रण गरेका छन् । छाउगोठमा बसिरहेकी महिलाको चित्रण उनले ‘छाउपडी’ शीर्षकमा नै उतारेकी छन् । हरियो रंग र फूलको विम्बले महिला तथा महिलाको रजस्वला प्रक्रियालाई पवित्र सिर्जनाको रूपमा उनले निकै मिहिन ढंगले केलाएकी छन् । उनको चित्रमा रजस्वलाको समयमा महिलामा हुने पीडा झल्किएका छन् । उनका कला नियाल्ने जो कोही दर्शकले अनेक आयामबाट महिला माथि भइरहेका शारीरिक तथा मानसिक हिंसालाई बोध गर्न सक्छन् ।

कला सिर्जनामा सुदूरका मात्र नभएर समग्र महिलालाई उतार्नु श्रेष्ठको कलाका विशेषता हुन् । उनले समग्र जातिभित्रका महिलालाई सांस्कृतिक पहिरनमार्फत खुट्याएकी छन् । जाति र परिवेश फरक भए पनि महिलाले भोग्नुपर्ने कतिपय बाधाहरू समान रूपमा रहेको श्रेष्ठको बुझाइ छ । उनले जोडिन्, ‘हामी लगभग उस्तै परम्परा र मान्यतामा जोडिएका छौं । महिनावारीको पीडा, समाजले महिलामाथि राख्ने दृष्टिकोणले उस्तै खालका छन् । समाज र यहाँको सोच हाम्रा लागि काँडाजस्तै छन् ।’

महिलालाई देवी, कुमारी, सुन्दर जसरी समाजले परिभाषित गरे पनि समाजबाट उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । सामाजिक व्यवस्था र दृष्टिकोण महिलाप्रति अझै नग्न नै रहेको भन्दै उनले त्यसलाई प्रतीकात्मक रूपमा चित्रमार्फत व्यक्त गरेको बताइन् । उनको प्रदर्शनी वैशाख १४ सम्म जारी रहनेछ  ।

Advertisement Banner
Previous Post

सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट

Next Post

आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु

आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु

Recommended

World Leaders Approve COP30 Climate Agreement, Urge Accelerated Global Action

World Leaders Approve COP30 Climate Agreement, Urge Accelerated Global Action

3 months ago
चीन–युरोप नजिकिए, दुई महिनामा पाँच देशका नेता पुगे बेइजिङ

चीन–युरोप नजिकिए, दुई महिनामा पाँच देशका नेता पुगे बेइजिङ

1 month ago

Don't Miss

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

March 3, 2026
सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

March 3, 2026
पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

March 3, 2026
ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

March 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.