फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाण्डौं । घरेलु टोली फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

रिजाल मेमोरियल स्टेडियममा आज (बिहीबार) भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपछि नेपाल दोश्रो हाफमा गोल व्यहोर्न बाध्य भयो ।

फिलिपिन्सको जितमा जार्भे गायोसोले निर्णायक गोल गरे । उनले खेलको दोश्रो हाफको शुरुवाती समय अर्थात् ४९ औं मिनटमा गोल गरेका हुन् ।

यो नेपालले फिलिपिन्ससँग व्यहोरेको पाँचौं हार हो । यसअघि भएको ६ मध्ये नेपालले मात्र एक खेल जित्दा र फिलिपिन्सले चार खेल जितेको थियो भने एक बराबरीमा सकिएको थियो।

भारतमा हुने १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको नेपाली टोलीले आज घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो।यसै खेलबाट शुरुवाती ११ मा पर्दै दुई नयाँ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु समेत गरेका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुलाई शुरुवाती ११ मै मौदानमा उतार्दै राष्ट्रिय टोलीमा डेब्युको मौका दिएका हुन् । मिडफिल्डर लाकेनले थ्री स्टार तथा डिफेन्डर विमलले त्रिभुवन आर्मी फुटबल क्लब घरेलु फुटबल खेल्ने गर्छन् ।

फिलिपिन्स बसाईंको क्रममा नेपालले घरेलु टोलीसँग एक मैत्रीपूर्ण खेल खेलको हो । भारतमा आयोजना हुने च्याम्पियनसिपको समाूह ‘ए’ मा परेको नेपालले उद्घाटन खेलमा कुवेतको सामना गर्ने छ । प्रतियोगितामा सहभागि हुने आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

नेपाल र कुवेतबिचको उद्घाटन खेल ब्याङ्गलोरमा असार ६ गते हुनेछ । यो खेल नेपाली समयानुसार दिउँसो ३स्४५ बाट शुरु हुनेछ । यस्तै नेपालले दोश्रो खेल असार ९ गते आयोजक भारत र समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।

भारतको ब्याङ्गलोरमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, मााल्दिभ्स र बंगलादेशले भाग लिदैछन् ।

साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो । डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।

Comments are closed.