एसईई नतिजा आउँदै, अनलाइनमा यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै परीक्षा बोर्डले यसबारे जानकारी दिएको हो ।

यही हप्ता सार्वजनिक हुने बताइएकाे एसईई नतिजा अनलाइनबाट हेर्न केही समय लाग्छ । तर एसएमएस तथा आईभीआरबाट भने तुरुन्तै हेर्न सकिन्छ ।

मेसेजमार्फत नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न तल उल्लिखित प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
  • त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600)  मा पठाउनुहोस् ।
  • त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प निम्न छन्:

-जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

-इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

-आकाश टेक प्रालिबाट नतिजा हेर्न  ३१००३ मा एसएमएस पठाउनुहोस् ।

-क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

यी सबैमा नेपाल टेलिकमको एसएमएसमार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोर्‍याउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

वेबसाइटबाट नतिजा हेर्ने तरिका

एसएमएसमार्फत जीपीए मात्र हेर्न सक्ने भएका कारण सम्पूर्ण विषयको ग्रेड थाहा पाउन वेबसाइटबाट नतिजा हेर्नुपर्ने हुन्छ । यसका लागि परीक्षा नियन्त्रण कार्यलयले यो वर्ष १४ वेबसाइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक हुन्छ । तल उल्लेखित साइटबाट नतिजाको सम्पूर्ण विवरण हेर्न सकिन्छ:

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दशबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • एनआईसी एसिया बैङ्कबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ईडीयू सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक क्लिक गर्नुहोस् ।

  • कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • खल्ती प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • स्मार्टकार्ड नेपाल प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • कम्प्युटायल नेटवर्क प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • फोनिक्स एजुकेशन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • इम्प्रेसिभ मिडिया प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • एवान सफ्ट सोलुसन टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

#techpana

Comments are closed.