भोलिदेखि हवाई भाडा बढ्ने, कुन गन्तव्यको भाडा कति ?

काठमाडौँ / भोलिबाट‍ लागु हुने गरि हवाई भाडादर बढ्ने भएको छ । साउन १ गतेबाट आव २०८०/८१ सुरु हुने भएसँगै हवाई टिकटमा लागू भएको भ्याट टिकट मूल्यमा जोडिन लागेको हो  .

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि जारी गरेको आर्थिक विधेयकमा उल्लेख भएअनुसार भोलीबाट हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने भएको छ ।

वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ ।

आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शूल्क गरि तीन शीर्षकका मूल्यको आधार मानेर टिकटको मूल्य निर्धारण हुने गर्छ ।

जसमध्ये इन्धनको खर्च र यात्रु सेवा शूल्कमा सरकारले पहिल्यैबाट भ्याट लगाएको हुन्छ । बाँकी रहेको हवाई शूल्कमा भने सरकारले आव २०८०/८१ को आर्थिक विद्येयकमा गरेको व्यवस्थाअनुसार भ्याट लाग्नेछ ।

१३ प्रतिशत भ्याट हवाई शूल्कमा लाग्दा समग्र हवाई उडानको टिकटको मूल्यमा ६ प्रतिशतसम्मको बृद्धि हुने देखिन्छ । इन्धन खर्च र यात्रु सेवा शूल्कबाहेकको रकममा १३ प्रतिशत भ्याट लाग्दा गन्तव्यअनुसार सम्पूर्ण हवाई मूल्यमा वृद्धि हुने मूल्य बढिमा ६ प्रतिशतसम्म रहने देखिएको छ ।

Comments are closed.