Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

काइँयोमा रमाएको कुची;   कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Literary Festival & Event, Nepal
0
काइँयोमा रमाएको कुची;    कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — चित्रकार सविता डंगोलका कलाकृतिको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । दुई दजर्नभन्दा बढी चित्र प्रदर्शनीमा छन् । समकालीन सिर्जनाहरूमा डंगोलले प्रकृति, मानवीय प्रेम, सद्भाव, संस्कृतिप्रतिको झुकाव र संरक्षणका लागि समेत सचेत गराएकी छन् ।

समकालीन कलामार्फत वर्तमान समयको उठान त उनले गरेकी छन् नै, त्यसैमा उनले परम्परागत केही बान्कीहरूलाई अँगाल्दै मौलिक पक्षलाई समेत जोड दिएकी छन् ।

काइँयो, युगल जोडी बिम्ब त डंगोलका सिर्जनाका विशेषता नै हुन् । अहिलेको छैटौं एकल प्रदर्शनीसम्म पनि उनले यसलाई निरन्तरता दिएको भेटिन्छ । यस प्रदर्शनीमा भने उनले प्राकृतिक र सांस्कृतिक पक्षलाई पुरानै बिम्बसँगै अघि सारेको पाइन्छ ।

 

‘हामी कलाकारलाई जुन समय र विषयले प्रभाव पारेको हुन्छ, त्यही कुरा कलामा पनि देखिन्छ,’ उनले भनिन्, ‘कोभिडको समयमा सुनसान सहर, अस्पतालमा बिरामी, अक्सिजनको अभावले छटपटिएका मानिसरूको स्थितिले मनमा छोएपछि मेरो अहिलेको पेन्टिङमा रूखहरू विशेष रूपमा आएका छन् । जसले प्रकृतिमा रूखको महत्त्वलाई बुझाउँछ ।’

उनका चित्रहरूमा रूखहरूसँगै जीव र सांस्कृतिक सम्पदाहरू पनि झल्केका छन् । प्रकृति भनेकै साझा थलो रहेकाले मानिस मात्र होइन जनावर पनि बाँच्न पाउनुपर्छ भन्ने उनको कलाको मर्म हो । प्रकृतिमा रूख र सबै जीव जनावरको सन्तुलन मिले मात्र मानिस रहन सक्छ । मानिसले यी सबै पक्षको संरक्षण गर्नुपर्छ भन्ने उनले कलामार्फत नै सन्देश छोडेकी छन् ।

परम्परागत लोक कलाको छनक झल्कने मयूर, प्वाँख, मसिना रूपमा देखिने चराचुरुङ्गी, फूल र पातहरूमा यसपटक उनले प्रस्ट देखिने मन्दिरको संरचना, हिटी, नेवारी सांस्कृतिक पहिरन, कलात्मक बुट्टाहरूमा सांस्कृतिक बिम्ब देखाउने जमर्को गरेकी छन् ।

‘हाम्रालागि बाँच्न प्रकृति, अक्सिजन जति आवश्यक छ, त्यति नै सम्पदाहरू पनि महत्त्वपूर्ण छन् भन्ने कुरा कोभिडको समयमा मेरो मनमा अझ धेरै महसुस भयो । त्यसैले यी सबै कुरा कलामा पनि देखा पर्‍यो,’ उनले जोडिन् ।

समय र प्रकृतिलाई समकालीन पक्षलाई जोड्ने सम्पूर्ण कलाकृतिहरूलाई उनले पुनः युगल प्रेम र काइँयोमा नै जोडेकी छन् । वैवाहिक जीवनमा जोडिएपछि दाम्पत्य जीवनको प्रतीकका रूपमा देखिएको उनको युगल जोडी शैली नौलो भने होइन । काइँयोलाई सधैंझैं उनले यसमा पनि जीवनका आरोह–अवरोह र अप्ठ्यारा परिस्थितिहरूको सामना गर्ने बिम्बका रूपमा प्रयोग गरेकी छन् ।

अझ नौलो पक्ष त सधैं चित्रमा देखिने उनका काइँयोहरू यस प्रदर्शनीमा इन्स्टलेसन कलाका रूपमा देख्न सकिन्छ । जसरी काइँयोले कपालका लट्टाहरू फुकाउने गर्छ, त्यसरी नै आइपर्ने अप्ठ्यारा समयलाई पार लगाउँदै जानुपर्छ भन्ने सकारात्मक सन्देश दिने डंगोलको भनाइ छ । एक्रेलिक माध्यममा प्रयुक्त गाढा रातो, नीलो, पहेँलो, सुन्तला रङले अझ डंगोलका कलाका सौन्दर्य खुलेका छन् ।

त्यसैमा देखिएका प्रेमिल जोडी, फूलहरू, पृष्ठभूमिमा सजिएका फूलका बुट्टाहरू, नीलै आकाश, सौम्य प्रकृतिको दृश्य, थपिएको हिमालको सुन्दरताले भरिएका चित्रहरूले मनमा शीतलता प्रदान गर्छ ।

आत्माको भावलाई सम्बोधन गर्ने उनको प्रदर्शनी यही शुक्रबारसम्म जारी रहनेछ ।

Advertisement Banner
Previous Post

USAID hosted a reading & drawing competition for children in Nepal from hearing & vision assistance classes

Next Post

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

Recommended

Nepal: Onion and potato prices increase in the market

Nepal: Onion and potato prices increase in the market

4 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Armenia to Improve Education System and Learning Outcomes, with World Bank Support

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.