Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिका र यसका सम्पादक नारायणप्रसाद बाँसकोटाको योगदानलाई स्मरणमा ल्याउने गरी ‘स्मृतिभेट’ प्रकाशनमा आएको छ ।

२०१० सालदेखि लगातार द्वैमासिक रुपमा १६ अंकसम्म निस्किएको पत्रिकाको इतिहास छोटो भएपनि यसले नेपाली साहित्यमा खनेको गोरेटो तथा नेपाली अब्बल लेखक/स्रष्टालाई स्थापित गराउन दिएको स्थानको परिचर्चा गर्न ‘प्रगति र नारायणप्रसाद बाँसकोटा: स्मृतिभेट’ प्रकाशनमा ल्याइएको प्रकाशकले जनाएका छन् । सम्पादक बाँसकोटाका छोरा डा.कमल बाँसकोटा र प्राध्यापक बद्रीविशाल भट्टराईको सम्पादनमा निस्किएको ‘स्मृतिभेट’मा झण्डै दुइ दर्जन वरिष्ठ स्रष्टाले ‘प्रगति’लाई लिएर गरेको इतिहासको स्मरणलाई स्थान दिइएको छ ।

 

यही पत्रिकामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, बाबुराम आचार्य, चित्तरन्जन नेपाली, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, बीपी कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले, विजय मल्ल, शंकर लामिछाने, रमेश विकल, हृदयचन्द्रसिंह प्रधान, मोहन कोइराला, कमल दीक्षित, ईश्वर बराल, लैनसिंह वाङदेल आदिका प्रथम वा कहलिएका विशिष्ट रचना छापिएको इतिहासलाई पुन:स्मरण गरिएको छ । सम्वत् १९७९ मा जन्मिएका सम्पादक बाँस्कोटाको निधन २०५३ सालमा भएको थियो ।

‘इतिहासको एउटा कालखण्डमा साहित्यिक पत्रकारिताको माध्यमबाट भाषा–साहित्यको संवर्द्धन तथा प्रबर्द्धन गर्नमा ‘प्रगति’ पत्रिकाले पुऱ्याएको योगदान अविस्मरणीय छ, अकाट्य पनि,’ साहित्यिक पत्रकार एवं बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्, ‘सम्पादक नारायणप्रसाद बाFसकोटा र ‘प्रगति’ पत्रिकाको इतिहास हराइसकेको थियो, तर यो ‘स्मृतिभेट’ प्रकाशनले इतिहासको एउटा खण्डलाई ब्युँताइदिएको छ ।’ ‘प्रगति’का १६ अंकमध्ये १० वटा अंक भारतको बनारसबाट छापिएका थिए । संग्रहित स्मृतिभेटमा ‘प्रगति’का सबै अंकको आवरण तथा तत्कालीन लेखकहरुको टिपोटसमेत समेटिएको छ ।

‘प्रगति’मा विदेशी लेखक खलिल जिब्रान, रविन्द्रनाथ टैगोर, एन्टन चेखव, टीएस इलियट, बाल्जाक, ओ.हेनरी, मेक्सिम गोर्की, दोस्तोवेस्की आदिका रचना पनि अनुदित रुपमा छापिएको इतिहासलाई स्मृतिभेटमा स्मरण गराइएको छ । सुरुवातमा प्रगतिशील लेखक संघले प्रकाशन गर्ने भनिएर पनि सम्पादक बाँसकोटाको निजी प्रयत्न तथा ग्राहक शुल्कबाट बाहिर आएको ‘प्रगति’को पहिलो अंकको प्रकाशकीयमा भनिएको छ, ‘हाम्रो साहित्य र जीवनको स्थायी तथा सामयिक आवश्यकताहरुले ‘प्रगति’को प्रकाशनलाई अनिवार्य गराएर आज ‘प्रगति’ नेपाली समाजमा नयाँ चेतना र नयाँ प्रेरणाको सन्देश लिएर उपस्थित भैरहेछ ।’

Advertisement Banner
Previous Post

काइँयोमा रमाएको कुची;   कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  

Next Post

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

Recommended

Nepal Electricity Authority invites bids from Indian companies for sell of 200MW electricity during the monsoon period

For Second Consecutive Year, Nepal Exports Surplus Electricity to India

4 years ago
Iga Swiatek of Poland wins French Open 2022 Women’s Singles Title

Iga Swiatek of Poland wins French Open 2022 Women’s Singles Title

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.