दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण

नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति ’दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण गरिएको छ । यसको निर्देशन Ingi Hopo Koinch Sunuwar ले गर्नुभएको छ ।

यसै क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले आतिथ्यसहित’ दमिनी भीर’ नाटक प्रदर्शनको अवलोकन गर्नुभयो । यस अवसरमा उहाँले उपन्यास ’दमिनी भीर’को नाटय रूपान्तरण बेजोड छ । यसले समाजमा रहेका वर्ग विभेद , बञ्चितीकरण र अन्तरविरोधलाई मार्मिक ढङ्गबाट देखाउँछ । जुन कला र अभिनयका दृष्टिकोणले नाटक सुन्दर बनेको छ’ भन्नुभयो ।

यसै क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसुदन गिरी ,डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने,त्रैलोक्यमान बनेपाली ’अगिव’ र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारी लगायतले प्रस्तुत नाटकको अवलोकन गर्नुभयो ।

यस नाटकको प्रदर्शन यसै भदौ २२गतेदेखि मण्डला थिएटर थापागाउँमा भइरहेको छ । सो प्रदर्शन असोज १० गतेसम्म मण्डला थिएटर थापागाउँमा नै हुने छ । शुक्रवार र शनिवार भने दिउँसो १ बजेबाट नाटक प्रदर्शन हुनेछ ।तर प्रत्येक सोमवार भने वन्द रहने छ । ’दमिनी भीर’ उपन्यास जस्तै ’दमिनी भीर’नाटक पनि स्तरीय नै छ । यसमा नाटय रूपान्तरण,पात्रचयन, कला, अभिनय, साजसज्जा र वेषभूषा चित्ताकर्षक देखिन्छ । त्यसकारण दिनहुँ नाटक हेर्ने दर्शकहरूको उपस्थिति बढिरहेको छ । त्यसैले ’दमिनी भीर’ नाटक आफैँमा सफल देखिन्छ ।

Comments are closed.