काठमाडौँ — साहित्यकार नारायण ढकालको निबन्धसंग्रह ‘अन्तिम पात’ बजारमा आएको छ । यो उनको उन्नाइसौं किताब हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा बाँडिएको यस संग्रहमा ढकालका २०५७ सालदेखि २०७९ सालसम्म लेखिएका निबन्ध समेटिएका छन् ।
’२२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध यस संग्रहमा परेका छन्,’ साहित्यकार ढकालले भने । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकालले बताए । ‘अन्तिम पात’का निबन्धहरुमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएको प्रकाशन संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.