संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् ।
उनले शुक्रवार सो चेतावनी दिँदै गाजाको अवस्था डरलाग्दो रहेको बताए । उनले इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलालमा १२ सय बढीको मृत्यु भएको थियो । साजै हजारौँ मानिस घाइते छन् ।
गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गरे । उनले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरे ।
उनले युद्धमा पनि नियमहरू हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गरे । उनले गाजाका बन्धकहरूलाई तत्काल रिहा गर्नसमेत आग्रह गरे ।
Comments are closed.