तेस्रो जित निकाल्दै फाइनल पुग्ने सोचमा नेपाल

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल हुँदै छ । मुलपानी क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

यस सिरिजमा हङकङ पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले युएईलाई पनि ७ विकेटले पराजित गर्दै सिरिजमा लगातार दुई जित हासिल गरेको छ ।  नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ ।

सिरिजमा अब कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ भने त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ । यस सिरिजका फाइनल बाहेक सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि।सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

हङकङको टोली
निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

Comments are closed.