काठमाडौँ । हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन् ।हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका हुन् । टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा अचम्मको हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताए ।
जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो । सशस्त्र समूहले इजरायलको बिरूद्ध कारबाही बढाएको छ । गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा टोही ड्रोनहरू पठाउँदैछ । जसमध्ये केही इजरायली शहर हाइफासम्म पुगेका नसरल्लाहले बताए ।
यो हत्याले लेबनानी पक्षमा मारिनेको संख्या ९६ पुगेको छ । जसमा हिजबुल्लाहका ७५ सदस्य, अमल आन्दोलन, हमास र लेबनानमा इस्लामिक जिहादका १० सदस्य र फोटो पत्रकार सहित ११ जना सर्वसाधारण छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको हमलाको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा पाँच हप्ताको लागि तनाव बढेको हो ।
Comments are closed.