अनेसास नेपाल च्याप्टरद्वारा स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले एक कार्यक्रमको आयोजना गरी अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलाई सम्मान गरेको छ ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा अनेसास केन्द्रिय सल्लाहकार प्रतीक ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास महिला समितिका संयोजक सन्ध्या पहाडीको अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यमार्फत उपस्थितहरुलाई स्वागत गरेका थिए । अतिथि रोहिणी शर्मा र लालगोपाल सुबेदीलाई स्वागत सम्मान गरिएको थियो भने लालगोपाल सुवेदीद्वारा लिखित राहुल–यशोधरा संवादनामक गीतिनाटक कृतिको गृहलोकार्पण गरिएको थियो । लेखकीय मन्तव्य साहित्यकार लालगोपाल सुबेदी र कृति समीक्षा प्रमुख अतिथि प्रतीक ढकालले गर्नु भएको थियो ।

नेपाल च्याप्टरका महासचिव रञ्जना निरौलाद्वारा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल च्याप्टरका उपाध्यक्ष निर्मल पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंजिला शर्मा , कोषाध्यक्ष कमला रिसाल, सदस्यहरु शान्ति न्यौपाने रिसाल, इन्दिरा ढकाल, डिआर राईलगायत राज रजक, शान्ता बस्नेतसहितको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Comments are closed.