काठमाडाैं । अवैध हिरासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल घर भइ काठमाडाैं बस्ने ४४ वर्षीय संजय मैती रहेका प्रहरीले जनाएकाे छ ।
काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित उनलाई प्रहरीले साेमबार राति पक्राउ गरेकाे हाे ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित प्रहरीले पक्राउ गरेकाे थियाे । साे धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Comments are closed.