काठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको पनि उनले बताए ।
यस्ता गिरोह सक्रिय रहेको छ भन्ने जानकारी आएकाले प्रहरी परिसर र काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलबारसम्म आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौँको सामाखुसी बस्ने वर्ष ३४ का खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँ वर्ष ३६ का अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुरको दुवाकोट बस्ने वर्ष ३६ का सुब्बा तामाङ, काठमाडौँको तारकेश्वर बस्ने वर्ष ४५ का चन्द्रबहादुर तामाङ, सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ रहेका छन् ।
उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ । उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।
Trending Now
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- राजेन्द्र लिङदेनसहित ७ जना रिहा
- हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
- ताप्लेजुङ बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान
Comments are closed.