संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन

काठमाडौं । संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ ।

सुनुवारको शनिबार दिउँसो उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । सुनुवार सेवा समाज संघीय समितिको सल्लाहकार समेत रहनुभएको सुनुवारको शनिबार दिउँसो ३ः०५ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा निधन भएको उहाँको परिवारले जानकारी दिएको छ ।

सुनुवार क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ दोस्रो संविधान सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक कोटाबाट संविधान सभा सदस्य हुनुभएको थियो ।

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी स्थायी बासिन्दा सुनुवार पञ्चायतकालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । रामेछापको सामाजिक क्षेत्र र महिला सशक्तीकरणमा उहाँको उल्लेख्य योगदान रहेको छ ।

Comments are closed.