कांग्रेसको पछि नलाग्ने हाे भने माओवादी राष्ट्रिय पार्टी बन्न सक्दैन : शंकर पाेखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको पछि नलाग्ने हो भने माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव पोखरेलले यदि कांग्रेस सँगै हिड्न तयार नहुने हाे भने राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभयाे । उहाँले माओवादी आन्दोलन ओरालो लागेकाे बताउनुभयाे ।

माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चुनाैतीलाई सामना गर्न नसकेको भन्दै महासचिव पाेखरेलले शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको बताउनुभयो । देशकाे प्रधानमन्त्रीले नै छिमेकीहरुका लागि कम्फरटेवल हुने बताइरहेको भन्दै उहाँले राष्ट्रिय हितका प्रश्नमा लम्पसारबादी नीतिलाई अवलम्बन गर्ने काम सत्तापक्षबाट भइरहेको बताउनुभयाे ।

एमालेको सरकारलाई षढयन्त्रपूूर्ण ढंगले हटाएपछि मुलुकको बिकास र समृद्धिको काम ठप्प भएको महासचिव पाेखरेलले बताउनुभयाे ।

Comments are closed.