काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रुपमा आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताउनुभएको छ ।
मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बाेल्दै सभापति लामिछानेले राज्य र विभिन्न शक्तिहरुले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताउनुभयाे ।
आफूले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुनेदाबी उहाँले गर्नुभयाे ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडी मात्रै लाग्ने काम भएको सभापति लामिछानेले बताउनुभयाे ।
मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यसाथ पार्टी अघि बढेको उहाँले बताउनुभयाे सभापति लामिछानेले आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताउनुभयो ।
देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको आराेप नि उहाँले लगाउनुभयाे ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.