काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार” स्थापना गरेको छ । प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा भैरहेको प्रथम बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी विद्यालयस्तरीय स्थलगत कथालेखन प्रतियोगिताको भएको समापन समारोहमा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सो जानकारी दिनुभएको हो । उक्त पुरस्कारअन्तर्गत रू. १ लाख राशि रहेको छ । प्रतिष्ठान र समाजबीच सहकार्य भै नियमित रूपमा विशिष्ट कार्यक्रमहरू भैरहेको अवस्थामा प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार”को स्थापना गरेको घोषणा हुनु अत्यन्त सुखद र महत्त्वपूर्ण रहेको छ । बालसाहित्यकारलाई दिने भनी तोकिएको यो सरकारी स्तरबाट दिइने पहिलो पुरस्कार हो ।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.