जनकपुरधाम, मधेश प्रज्ञा (प्रतिष्ठान ले प्रदेश स्तरीय बहुभाषी कविगोष्ठीको आयोजन गर्यो ।
स्थानीय होटल वेलकमको सभाकोठामा सम्पन्न भएको उक्त कविगोष्ठीमा विभिन्न मातृभाषाका तीन दर्जन भन्दा बढी कविता वाचन गरिएका थिए ।
मधेशका विभिन्न जिल्लाबाट आएका कविहरूले कविता पाठपछि आयोजनप्रति आफ्नो सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आगामी दिनमा यसको निरन्तरताको आशा गरे ।
मधेश प्रज्ञा – प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि भ्रमरले उक्त कार्यक्रमको अध्यक्षता गर्दै अहिले प्राप्त कविता आगामी दिनमा संग्रहको रुपमा प्रकाशित गर्ने जानकारी गराउनुभयो। साथै आगामी वर्षदेखि प्रतियोगितात्मक कविता महोत्सवको आयोजन पनि उहाँले विश्वास पनि दिलाउनुभयो ।
मधेश प्रज्ञा–प्रतिष्ठानले अगामी दिनमा मधेशको इतिहास लेखन, मधेश प्रदेश भित्रका भाषा, साहित्य, संस्कृतिका विविध आयामसम्बन्धी शोध लेखन, पुस्तक प्रकाशन आदि कार्यक्रम अगाडि बढाउने जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले स्वागत मन्तव्य दिनु भएको थियो भने गीत, सङ्गीतको क्षेत्रमा लागि रहनु भएका सुनीलकुमार मल्लिकले असल कविताका लागि कार्यशालाको आवश्यकता औँल्याउनु भयो ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.