सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ । यसै क्रममा छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको खबर छ । संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइको अध्यक्षतामा बसेको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे,कलाकार सरिता लामिछाने ,निर्माता तथा वितरक सरोज शर्मा, गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ ।
सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने सिम्पल आर्ट्सका संस्थापक तथा पूर्व अध्यक्ष कथाकार विमल कोइरालाले बताउनु भएको छ । २०५५ सालमा विमल,केशव ,निबन्ध ( विकेनि)ले स्थापना गरेको सिम्पल आर्ट्सलाई उहाँहरू तीन जनाको मित्रताको प्रतीकको रुपमा लिने गरिन्छ ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.