काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको अवसरमा चर्चित साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँ राशिसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।
त्यस्तै, प्रतिष्ठानले २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको सर्जक अनुराधा ढकालको ‘आरब्ध’लाई ३१ हजार रुपैयाँ नगदराशिसहित ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइलाले सर्जकहरूलाई पुरस्कार समर्पण गर्दै रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ लोकार्पण गरेका थिए । उक्त दुवै पुरस्कार मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले स्थापना गरेका हुन् ।
मुक्तक दिवसको अवसर पारेर सम्पन्न कार्यक्रममा मुक्तककारहरू दिनेश शर्मा, सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुलीलगायतले मुक्तक वाचन गरेका थिए ।
Trending Now
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
Comments are closed.