बधाई छ नयाँ पुस्तालाई: काठमाडौँमा  बालेन्द्र शाह र सुनिता डंगोल विजयी

 

काठमाडौंः काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७६७ मत ल्याउँदै प्रमुखमा निर्वाचित भएका हुन् ।

शाहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए।

सुनिता ४४ हजार ८०६ मतान्तरसहित विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।

यस्तै, स्वतन्त्र उमेदवार विद्या श्रेष्ठ (महर्जन)ले १३ हजार ६९५ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बिनिता मगैयाले १२ हजार १४१ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत प्राप्त गरे ।

Comments are closed.