काठमाडौं, चैत ९ गते । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित गरिने भएको छ ।
यसैगरी नेपाली रङ्गमञ्च तथा चलचित्र कलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।
यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ छ । साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।
नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारबाट सम्मानित गरिनेछ । वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.