काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।
शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्राडा कृष्णहरि बराल र समालोचक प्रा. रमा शर्माले उक्त गजलको श्रव्य–दृश्य सार्वजनिक गरे । अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’को पनि श्रव्य–दृश्य सार्वजनिक गरिसकेका छन् ।
प्राडा बरालले सन्तोषले अग्रज स्रष्टाहरूका गजललाई गायनमा ल्याएर गजलका साथै स्रष्टाको समेत सम्मान गरेका बताए । कवि, कथाकार, नाटककार, निबन्धकारका रूपमा मात्र चिनिँदै आएका पुराना स्रष्टाहरूले गजल पनि लेखेका रहेछन् भन्ने आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेलापारेको उल्लेख गर्दै बरालले ती गजल सन्तोषले सङ्गीतमा ल्याउँदा खुसी लागेको सुनाए ।
नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहेकी समालोचक शर्माले सन्तोषले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको बताइन् ।
सङ्गीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मान गर्नु अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उनीहरूका सिर्जनालाई प्रसाद ठानेको बताए । ‘कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको हुँ’ श्रेष्ठले भने, ‘मैले यसबाट सन्तुष्टि पाउँछु ।’ श्रव्य–दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका हुन् ।
Trending Now
- जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
- शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै
- Another American award for cancer specialist Dr. Sonia
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
Comments are closed.