काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतले खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई दोषी ठहर गरेको हो ।
अन्य २२ जनाले भने सफाइ पाएका छन् । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएको थियो ।
Comments are closed.