काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए ।
राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएको पनि प्रवक्ता श्रेष्ठले बताए ।
त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरेका थिए । साथै नेपालबाट चोरी भई अमेरिका पुर्याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिएका थिए ।
छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएका थिए ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.