प्रतिनिधि सभाबाट विद्युतीय व्यापार विधेयक स्वीकृत

काठमाडाैं । विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले पेस गर्नुभएकाे भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यलाई प्रतिनिधि सभाको विधेयक शाखामा ७२ घण्टमभित्र संशोधन दर्ता गर्न अनुराेध गर्नुभयाे ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

Comments are closed.