बिहानी
यो
खुला
आकाश
चिसो हावा
नीलो गगन
सुन्दर बिछट्ट
प्रकृति मनोरम
सुन्दर बिहानीमा यो
तिम्रै काखमा सँगै सँगै
सौन्दर्यको रसपान गरूँ
रमाउँ हो, यो संसारमा
गर्दैछु स्वर्गानुभूति
त्यो तिम्रो स्नेहको
ममता पवित्र
खन्याइ देऊ
हे प्रकृति
सुन न
बिन्ती
छ।
भागिरथी ज्ञवाली
नेपाल
Comments are closed.