काठमाडाैं, २०८० । काठमाडौँमा आयोजित एक कार्यक्रममा आठस्रष्टा सम्मानित गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित हुनुभयो ।
यसै गरी आमसञ्चार सम्मान हरिःशरणम् आमा लक्ष्मी भुसाल (काठमाडौँ) मा, हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टर (भक्तपुर) मा, बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) मा र अनुसन्धान सम्मान डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरियो । उहाँहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए ।
सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराउनुभएको थियो ।
सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो ।
समारोहमा स्वास्थ्यको प्रतिकूलताका कारण डा. योगेन्द्रप्रसाद यादव उपस्थित हुन सक्नुभएको थिएन, त्यसैले उहाँको निवाससम्म लगिदिने गरी उहाँका तर्फबाट चयन समितिका सदस्य देवीप्रसाद ढुङ्गानाले सम्मान सामग्री ग्रहण गर्नुभएको थियो ।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.