रियाद । कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले गोल गर्दै अल हिलाललाई अग्रता दिलाएका थिए । ब्राजिलियन फरवार्ड माल्कमले ७२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लिभरपुलका पूर्वफरवार्ड साडियो मानेले गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
अब अल हिलाले बिहीबार हुने फाइनल खेलमा करिम बेन्जेमाको अल इतिहादको सामना गर्नेछ । टोलीले पहिलो सेमिफाइनल खेलमा अल वेहदालाई २–१ गोलले पराजित गरेको थियो ।
सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधि विहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ भने लिगमा पनि अल हिलालभन्दा १२ अङ्कले पछि परेको छ ।
Trending Now
- चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
- दमौली बजारमा भीषण आगलागी, करोडौंको क्षति
- 9 people, including the Iranian president and foreign minister, died in a helicopter crash
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- गृहमन्त्रीले संसद्लाई भड्काउन खोज्नुभयो : गगन थापा
- म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिग उपाधि
- गृहमन्त्रीमाथि सहकारीको रकम अपचलनको आरोप: विषयान्तर गर्ने रविको प्रयास, मुद्दामा अडिग कांग्रेस
- बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत
- जंगलको १५ बिघा व्यक्तिका नाममा कायम
- Iran’s President Ebrahim Raisi is confirmed dead after rescuers reached the crash site
Comments are closed.