साहित्यकार मन्दिरा मधुश्रीलाई पोषण पाण्डे पुरस्कार

नेपाली साहित्यमा कथा अनि कबिता विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे-तीर्थ सदन’ले साहित्यकार मन्दिरा मधुश्रीलाई पुरस्कृत गर्ने भएको छ । नेपाली साहित्य तथा समाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापित सदनले पाण्डेको ३२ औं स्मृति दिवसको अवसरमा बिराट्नगर निवासी साहित्यकार मधुश्री लाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

वरिष्ठ साहित्यकार श्री माया ठकुरीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक समितिले मन्दिरालाई गरेको सिफारिश पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको छ। निर्णायक समितिका अन्य दुई सदस्यमा वरिष्ठ साहित्यकार तथा समाचोलक श्री ठाकुर शर्मा तथा सदन महासचिव रन्जु पाण्डे रहनु भएको जनाइएको छ ।

बि.स २०२९ मा भोजपुरमा जन्मनु भइ हाल भक्तपुरमा बस्दै आउनुभएकि साहित्यकार मन्दिरा मधुश्री लामो समयदेखि साहित्य साधनामा अनवरत रुपमा लागिरहनुभएको छ । कथा, गीत, गजल, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएको वहाँ भरतपुर प्रज्ञा प्रटिष्ठानबाट उत्कृष्ट राष्ट्रिय कथा पुरस्कार, कवि डाडाबाट उत्कृष्ट कथा पुरस्कार, विकास न्युजबाट उत्कृष्ट कथा पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट सम्मानित हुनभएको छ । बुधनको घोडी कथा सङ्ग्रहलाई उत्कृष्ट किताबको लागि पुर्वान्चल प्रतिभा प्रतिस्ठानबाट षडानन्द प्रतिभा पुरस्कार २०७४ ले समेत सम्मान गरिसकेको छ ।

पुरस्कार अर्पण समारोह यही आउँदो २०८१ वैशाख ७ गते काठमाडौको मिनभवनमा अवस्थित पोषण पाण्डे तीर्थ सदनको कार्यालयमा नगद रु तीस हजार सहित कदर पत्रद्वारा सम्मान गरिने छ ।

Comments are closed.