२०८० चैत ३०, काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता उत्कृष्ट पच्चीस सार्वजनिक गरिएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक लाख राशीसहित सम्मानपत्र रहेको छ । प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको हो । उत्कृष्ट पच्चीस कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइनेछ । सो प्रतियोगिताको लागि साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको हो । उत्कृष्ट २५ कवितामा भ्रष्ट भरिया (महेश चौलागाईं), बढ्नथाल्यो भ्रष्टाचार (विजय थापा), आस्थाको पहाडबाट झरिरहेको अस्तित्व (विवेक दुलाल क्षेत्री), भ्रष्टाचार निवारण चूर्ण (गम्भीर दुवाडी), पुनः एकपल्ट जमिनले बोलाउने छ (मन्दिप बाँस्कोटा), ऊ फेरि सिद्धिने छ (नवचन्द्र ओली), सावधान (रूपा थापा), भ्रष्ट–आचारी (रुद्र अधिकारी), मेरो देशको अनुहार (शङ्कर शर्मा), देशका शत्रु (मदन घिमिरे), उम्रिऊन् बोधिवृक्ष विवेकका (विन्दा पराजुली बराल), भ्रष्टचारीको अन्तिम इच्छा (तोया भट्ट), एक याचना (विश्व कुइकेल), धुर्तलाई समात (संयोग बस्याल), भ्रष्टाचार विरुद्ध (इन्द्रनारायण सुवेदी), कत्ति छुट छैन (प्रज्वल अधिकार), प्रतिक्षा (मणिकुमार श्रेष्ठ सिजन), भ्रष्टाचार विरुद्ध युवाको अपिल (शरद्शोभा), निष्ठाको कर्मयुद्द (मधुर भट्टराई -गिरिराज भट्टराई ), आह्वान (सुन्दर शिरीष), धर्ती सेतो रहोस् (दीपिन सिजापति), झुपडीका मुठीहरू (निशान निष्कर्ष), बतासको बह (विकल त्यागी), भ्रष्टाचार प्रताडित मातृभूमि (सुमन भट्टराई) र दुस्स्वप्न (वासु पन्थी ‘देवस्म’) रहेको छ । उत्कृष्ट पच्चीस कविताहरुको वाचन कार्यक्रम कै दिन पुरस्कृत कविको नाम घोषणा गरिनेछ । त्यसपछि काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ ।
Trending Now
- Nepal America International Film Festival’ will be held
- GARUDA INDONESIA AND SINGAPORE AIRLINES STRENGTHEN COMMERCIAL PARTNERSHIP
- दुई स्रष्टाका तीन कृति एकैपटक लोकार्पण
- बुद्ध विषयमा विशेष कविगोष्ठी सम्पन्न
- FAO wins the King Hassan II of Morocco Great World Water Prize
- प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार
- कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा
- The government will establish its own satellite in Nepal and provide Internet through satellite
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
Comments are closed.