दमन्ता नारी स्रष्टा सम्मान लता गिरीलाई

नेपाल स्रष्टा समाजले वि. सं. २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षिय लता गिरीलाई प्रदान गर्ने भएको छ । ओझेल परेको सङ्घर्षशील नारीलाई दिइने यो सम्मान पन्ध्र हजार नगदसहित सम्मान पत्र रहेको छ । एघार वर्षको उमेरमा विवाह गर्नुभएर पैतिंस वर्षदेखि एकल महिला बन्नुभएका गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुरयाउनुभएको छ । हालसम्म उहाँका तीन भजनसङ्ग्रह र चेतनामूलक गीतहरू रेकर्डिङ भएका छन् । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार सो सम्मान आगामी बैशाख ९ गते अर्पण गरिने छ । साहित्यकार पुष्पा खनालले आफ्नो आमाको नाममा स्थापना गर्नुभएको यस सम्मानबाट सृजना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मानित भैसक्नुभएको छ ।

Comments are closed.