भक्तपुर । नेपाली साहित्यको क्षेत्रमा ‘प्रतिनिधि नेपाली गजल सङ्ग्रह’ ‘दिलको गजुर’ गीति सङ्ग्रह तथा हैसियत गजल सङ्ग्रह प्रकाशित गरिसकेकी साहित्यकार उर्मिला कोइरालाको चौथो कविता सङ्ग्रह ‘घाममाथि घामकै किरण’ विमोचन गरिएको छ ।
भक्तपुर कौशलटार स्थित रिडर्स हवमा आयोजना गरिएको उक्त कार्यक्रम साहित्य पोस्टद्वारा आयोजित गरिएको थियो । उक्त कार्यक्रममा साहित्य पोष्टकी सदस्य तथा चर्चित कवि लेखक एवं समीक्षक अनिता कोइरालाको सभापतित्वमा तथा युवापुस्ताकी चर्चित समीक्षक लेखक एवं उपन्यासकार पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा अम्बिका अर्यालको समालोचकीय भूमिकामा नेपाली साहित्यिक क्षेत्रका प्रख्यात थुप्रै साहित्यकारहरूको उपस्थितिबिच सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
विमोचन कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेकी चर्चित कवि, लेखक, समीक्षक डा अम्बिका अर्यालले साहित्यिक क्षेत्रमा लैङ्गिक बहस भन्दा पनि स्तरीयता र गुणात्मक योगदान प्रमुख कुरा हुने बताउँदै कवि उर्मिला कोइरालाको साहित्यिक सक्रियता आसालाग्दो मात्र नभएर लोभलाग्दो रहेको बताइन् । लेखनकर्ममा समर्पित नारी हस्ताक्षरको सङ्घर्षको गाथालाई कार्यक्रममा उल्लेख्य रूपमा उपस्थित भएका महिला सहभागिताले समेत पुष्टि गरेको भन्दै मानवतावादको जगमा लेखिने साहित्य अझै सुन्दर हुने धारणा राख्दै कविताले युगको आवाज बोल्नुपर्ने अनि समाजलाई दिशानिर्देश गर्नुपर्ने कुरा बताउँदै कवि कोइराला त्यसमा खरो उत्रिएकोले आगामी दिनमा उनको योगदान अझै सशक्त रूपमा देखिने भन्दै कृति सफलताको कामना गरेकी छन् ।
उक्त कार्यक्रममा कवि उर्मिला कोइरालाले प्रस्तुत कृति आजका दिनबाट सार्वजनिक सम्पत्तिको रूपमा समर्पित गरिएकोले पाठक,समीक्षक लगायत कार्यक्रमबाट प्राप्त सल्लाह सुझाव र प्रतिक्रियाले आफ्नो आगामी लेखनकर्मका लागि यथेष्ट ऊर्जा मिल्ने उल्लेख गर्दै कार्यक्रमका आयोजक प्रति आभार प्रकट गरिन् ।
सो कार्यक्रममा नियात्राकार, रञ्जु दाहाल, समाजसेवी, लेखक तथा प्राध्यापक सरस्वती चिमोरिया ,तथा साहित्यकार शोभा शरभले कवि उर्मिला कोइरालाको द्रुत रूपमा साहित्यिक उडानको कामना गर्दै सङ्ग्रहबाट एक(एक कविता वाचन गरेका थिए ।
उक्त कार्यक्रमकी सभापति अनिता कोइरालाले साहित्य पोष्टको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकाशन गरेको कविता सङ्ग्रह ‘’घाममाथि घामकै किरण ‘’ विमोचन कार्यक्रममा हाम्रो सार्वजनिक आमन्त्रण स्वीकार गरी टाढा टाढाबाट उपस्थित भएका सबै काव्य प्रेमीहरूमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सुन्दर कृतिहरूले क्रमशः प्राथमिकता पाउँदै जाने विचार व्यक्त गरिन् । केशव थापाद्वारा कुशलता पूर्वक सञ्चालन गरिएको उक्त कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियो ।
Trending Now
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
- Mansarovar Yatra: There is a lot of excitement at Rasuwagadhi crossing
- जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
- बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै
- Ten thousand tourists reached Rara in ten months
- प्रमुख प्रतिपक्षीले कांग्रेसको नाराबाजीबीच संसद्मा नीति तथा कार्यक्रम टेबल
- इन्स्पेक्टर पौडेलले गरे विश्वको सर्वोच्च शिखर आरोहण,
- Argentina squad for Copa America announced
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न अनुमती
- गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस
Comments are closed.