लन्डन । विद्यालयमा नमाज पढ्न लगाइएको प्रतिबन्धविरुद्ध मुस्लिम विद्यार्थीको निवेदन बेलायतको उच्च अदालतले खारेज गरेको छ । विद्यार्थीलाई विद्यालयको नियम मन पर्दैन भने विद्यालय छाड्न समेत अदालतले भनेको छ । विद्यालयमा पढ्न चाहेको हो भने भने त्यहाँको नियम पालना गर्नुपर्ने अदालतको फैसला छ ।
उक्त मुद्दा उत्तर लन्डनको ब्रेन्टस्थित मिसेला कम्युनिटी स्कुलसँग सम्बन्धित छ । यो बेलायतको सबैभन्दा कडा कानुन भएको स्कुलहरूमध्ये एक हो । सो विद्यालयमा धार्मिक शिक्षा पूर्ण रूपमा निषेधित छ भने विद्यालय परिसरमा कुनै पनि धार्मिक कार्य गर्न निषेध गरिएको छ । विद्यालयमा अध्ययनरत लगभग ७०० बालबालिकामध्ये अधिकांश मुस्लिम छन् । तीमध्ये ३० जना विद्यार्थीले २०२३ को मार्चमा विद्यालय परिसरमा नमाज पढेका थिए ।
त्यसलगत्तै विद्यालयले कडा कदम चाल्दै सबैलाई चेतावनी दिएको थियो । त्यसपछि नमाज पढ्ने मध्येकी एक छात्र उच्च अदालतमा पुगेकी थिइन् । उच्च अदालतकी न्यायाधीश लिन्डेनले ८३ पृष्ठको फैसलामा छात्राको माग अस्वीकार गरेकी छन् । धार्मिक गतिविधि भएसँगै हत्या र बमको धम्की आएकोले विद्यालयको प्रतिबन्ध लगाउने नीति जायज भएको उनको भनाई छ ।
भर्ना लिनुअघि नै सबै बालबालिका र तिनीहरूका अभिभावकलाई विद्यालयमा धार्मिक गतिविधिका लागि कुनै ठाउँ नभएको बताइसकिएको छ ।
Trending Now
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
- Mansarovar Yatra: There is a lot of excitement at Rasuwagadhi crossing
- जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
- बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै
- Ten thousand tourists reached Rara in ten months
- प्रमुख प्रतिपक्षीले कांग्रेसको नाराबाजीबीच संसद्मा नीति तथा कार्यक्रम टेबल
- इन्स्पेक्टर पौडेलले गरे विश्वको सर्वोच्च शिखर आरोहण,
- Argentina squad for Copa America announced
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न अनुमती
- गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस
Comments are closed.