काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बिहीबारबाट नाटक ‘ए आई’को मञ्चन सुरु हुँदै छ । २२ गतेसम्म नियमित मञ्चन हुने नाटक पवित्रा खड्काले निर्देशन गरेकी छन् ।गत वैशाख ३ गते एक सो मात्र मञ्चन भएको नाटक बिहीबारबाट नियमित मञ्चन हुन लागेको हो । नाटकमा कलाकारहरूले संवादविहीन शरीरको भाषा र शारीरिक हाउभाउ मार्फत नै दर्शकलाई कथा बुझाउनेछन् ।
करिब ४५ मिनेट लामो नाटक ‘ए आई’मा सुबेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुषान्त दाहालको अभिनय रहेको छ ।
संगीता उराँवको भेषभुसा, अनुप तिम्सिना र गोविन्द ओलीको सङ्गीत र प्रेम चन्द पाण्डेको प्रकाश संयोजन रहेको बैशाख २२ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो सहित मञ्चन हुनेछ ।
Trending Now
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
- पुजार सार्की’मा आर्यन :लुक्समा आफ्नै पिताको नक्कल
- Nepal’s second consecutive victory
- टौँडा कला महोत्सव’ सुरु भएसँगै कलामय बन्यो हेटौँडा
- जेठ १६ देखि शिल्पीमा ‘अग्निचक्षु’ मञ्चन हुने
- सन्दीपले विश्वकप खेल्न पाउने, आईसीसीको अनुमति
Comments are closed.