१९ निर्माण कम्पनी कालाेसूचीमा परे

काठमाडौं । सरकारले विभिन्न १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सरकारी निकाय अन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने १९ वटा कम्पनीलाई कालो सूचीमा राखिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचनामार्फत जानकारी दिएकाे छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार असार १० गतेको निर्णय बमाेजिम ती कम्पनीलाई १ देखि २ वर्षसम्म काम गर्न नपाउनेगरी कालाेसूचीमा राखिएकाे सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएका व्यवसायी-आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएकाे छ ।

हेर्नुस् सूची:

Comments are closed.