काठमाडौँ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ ।
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।
बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।
Trending Now
- Hydrogen to Decarbonize Steel: First Trial Launched in Italy
- Nepali executives learn about accessing finance for climate projects
- काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो
- Robert Towne, the Oscar-winning screenwriter of “Chinatown,” died at his home in Los Angeles. He was 89.
- Homeless ‘Union Island’ due to Hurricane Beryl
- Nepalis who have gone abroad for employment can apply for the IPO of Reliance Spinning Mills
- प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने
- ध्रुव घिमिरेको बाल चित्रपुस्तक ‘रानीपोखरी’ लोकार्पण
- प्रदीप सापकोटाको ‘यात्राको लय’ लोकार्पण
- Khotang has become a district of complete immunization assurance and sustainability
Comments are closed.