Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

Editorial Team by Editorial Team
August 18, 2026
in Book Releases, Nepal, News
0
डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कोपेनहेगन – लेखक प्रकाश सापकोटाद्वारा लिखित नवीनतम उपन्यास ‘विरक्त बाटो’ डेनमार्कको कोपेनहेगनमा विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरको आयोजनामा शनिबार आयोजित साहित्यिक कार्यक्रममा विशिष्ट साहित्यकार केशव नेपालले उपन्यासको विमोचन गर्नुभएको हो।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले ‘विरक्त बाटो’ सामाजिक यथार्थवादी उपन्यास भएको बताउनुभयो। उपन्यासमा पात्रहरूका समस्या र संघर्षलाई कौतूहलमय ढंगले प्रस्तुत गर्दै आकर्षक कथानक बुन्न लेखक सफल भएको उहाँको भनाइ थियो। प्रत्येक पात्रको उपस्थिति र भूमिकालाई अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै नेपालले लेखकले अँध्यारोबाट उज्यालोतर्फ जाने बाटोसमेत देखाउनुपर्नेमा जोड दिनुभयो।

डेनमार्क निवासी लेखक कृष्ण पौडेलले सापकोटाको कलात्मक लेखन शैलीबाट आफू प्रभावित भएको बताउँदै प्रवासको व्यस्तताका बाबजुद गहन र गहकिलो उपन्यास पाठकमाझ ल्याएकोमा प्रशंसा गर्नुभयो। उपन्यासमा स्विडेनमा आफू बसेको समयको परिवेशसमेत जोडिएको उल्लेख गर्दै त्यहाँको भूगोल र वातावरणीय पक्षलाई यथार्थपरक बनाउन लेखनका क्रममा आफूले सल्लाह र सुझाव दिएको उहाँले स्मरण गर्नुभयो।

शिखा बुक्सका प्रतिनिधिसमेत रहनुभएका साहित्यप्रेमी नवीनराज पौडेलले उपन्यासको कथावस्तुले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने र निरन्तर उत्सुकता जगाउने बताउनुभयो। प्रतीकात्मक विषयवस्तु भए पनि सरल भाषाशैलीको प्रयोग गरिएको भन्दै उहाँले ‘विरक्त बाटो’लाई उत्कृष्ट उपन्यासका रूपमा चर्चा गर्नुभयो। साथै, लेखक सापकोटालाई निरन्तर लेखनका लागि शुभकामना दिनुभयो।

अनेसास केन्द्रकी भूतपूर्व उपाध्यक्ष सीता बरालले उपन्यासको कलात्मक आवरणले नै अर्थपूर्ण कथाको संकेत गरेको बताउनुभयो। आवरण हेरेपछि उपन्यासभित्रको कथा अझ कति अर्थपूर्ण होला भन्ने जिज्ञासा जागेको भन्दै उहाँले पुस्तक पढ्न आफू आतुर रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उपन्यासकार प्रकाश सापकोटाले आफ्नो साहित्यिक तथा लेखकीय पृष्ठभूमिबारे जानकारी दिँदै उपन्यास लेखनदेखि प्रकाशनसम्म सहयोग, सुझाव, हौसला र साथ दिने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

उपन्यास पढिसकेका पाठकहरूले समेत कार्यक्रममा आफ्ना अनुभव सुनाएका थिए। घनश्याम गौतमले उपन्यासका घटनाक्रमले आफ्नै वरिपरि घटेको घटनाजस्तो अनुभूति गराएको बताउँदै भावुक हुनुभएको थियो। त्यस्तै, कौशिला सापकोटाले एक रातमा उपन्यासको आधा भाग पढेर रोकेको र कथानकले बढाएको कौतूहलका कारण भोलिपल्ट कामको बीचमा समय निकालेर पुस्तक पूरा गरेको बताउनुभयो। उहाँले उपन्यासले आफूलाई निकै छोएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू कल्याण काफ्ले, कृष्ण सागर, प्रभात किरण, शैलु अधिकारी, रोशन खतिवडा, विश्वनाथ भट्टलगायतले उपन्यासबारे भएका समीक्षाबाट आफूहरूमा पुस्तक पढ्ने उत्सुकता झन् बढेको भन्दै छिट्टै पढेर प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा अनेसास डेनमार्क च्याप्टरका अध्यक्ष पूर्ण बस्नेतले उपन्यासका केही घटनाक्रमले पाठकको मुटु नै गह्रुङ्गो हुने गरी प्रभाव पार्ने बताउनुभयो। कार्यक्रमका सहजकर्ता अनेसास डेनमार्क च्याप्टरका सदस्य दीपककुमार तिवारीले उपन्यास रहस्यमय ढंगले टुंगिएको उल्लेख गर्दै यसको अर्को भागसमेत आउने हो कि भन्ने जिज्ञासा व्यक्त गर्नुभयो।

शिखा बुक्सद्वारा प्रकाशित ‘विरक्त बाटो’ डेनमार्क निवासी लेखक प्रकाश सापकोटाको प्रकाशित छैटौँ कृति तथा दोस्रो उपन्यास हो।

Advertisement Banner
Previous Post

Automobile, IT sectors seen as key drivers of Nepal’s economic growth

Next Post

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

Editorial Team

Editorial Team

Next Post
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

Recommended

$500 Million ADB Loan to Help Advance the Philippines’ Blue Economy Development

$500 Million ADB Loan to Help Advance the Philippines’ Blue Economy Development

9 months ago
Nepal appointed Dr Shankar Prasad Sharma as its ambassador to India

Nepal appointed Dr Shankar Prasad Sharma as its ambassador to India

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.