प्रेयसी
छिन्
प्यारी
प्रे य सी
हृ द य मा।
उनी असाध्यै
अविच्छिन्न सङ्गी।
सक्दिन टाढिन म,
वृथा जीवन उ बिना।
एकाङ्गी छौँ जन्मिएदेखि।
धुकधुकीमा, सर्वाङ्गमा छिन्।
मेरो श्वाससँगै स्पन्दित
शरीरसँग कम्पित
उनकोअस्तित्व छ।
को छ र मेरो
उनी बाहेकरु
प्राण मेरो
प्रेयसी
जस्तै
छिन्।
खडानन्द शर्मा दुलाल
असम
Comments are closed.