काठमाडौं । सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्याइएको छ ।
थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्याइएको छ ।न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।
Trending Now
- Minority Voices: Sharing Challenges with Parliamentarians
- Nepal to host the 8th edition of the South Asian Travel Awards, announces Nepal Tourism Board
- Tribhuvan Army Club have managed to get a total of 11 medals in All Nepal Junior Badminton Championship 2081
- Tribhuvan Army Club won a total of 20 medals In the “Prakash Dahal Memorial National Boxing Tournament 2081
- Nepali scholars experience First Nations culture ahead of NAIDOC Week
- Left-wing coalition wins French general election
- John Cena has retired from wrestling
- भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, राष्ट्रपति पुटिनलाई भेट्ने
- Tata Motors Group global wholesales at 3,29,847 in Q1 FY25
- लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
Comments are closed.